एशियन सेन्ट्रल जोन यू–२३ च्याम्पियनसिपमा नेपाल जित विहीन बनेको छ। बंगलादेशको ढाकामा ४ टोली सहभागी च्याम्पियनसिपमा नेपाल चौथो बनेको हो।
सोमबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भएको हो। पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट २५–१९ ले तथा तेस्रो सेट २५–२० ले गुमायो। चौथो सेट २५–२० ले जितेको नेपालले अन्तिम सेट १५–१० ले गुमायो।
च्याम्पियनसिपका सबै खेलमा हार भोगेको नेपाल जित विहिन हुँदै स्वदेश फर्कन लागेको हो।
लिग चरणका सबै खेल गुमाएको नेपालले सेमिफाइनलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो। सेमिफाइनल खेलमा नेपाल बंगलादेशसँग २५–१५, २५–२२ र २५–१३ ले पराजित भयो।
लिग चरणको पहिलो खेलमा नेपाल बगंलादेशसँग सोझो सेटमा पराजित भएको थियो। दोस्रो खेलमा श्रीलंकालाई सोझो सेटकै नतिजा सुम्पेको नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो।
लगातार तिन खेल हारेपनि ४ टोली सहभागी भएका कारण सेमिफाइनल खेल्ने मौका पाएको थियो।
Shares
प्रतिक्रिया