इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
विश्वकपछि पहिलोपटक सुरु भएको सोमबारको खेलमा लिभरपुलले महत्वपूर्ण ३ अंक हात पारेको हो। सोमबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा मोहम्मद सलाह, भिर्गिल भान डिजक र स्टेफन बज्केटिकले १/१ गोल गरे।
एस्टन भिल्लाका लागि ओली बाट्किन्सले सान्त्वना गोल फर्काए।
सोमबारको खेलमा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन ग्लोभ्स पाएका इमिलियानो मार्टिनेज भने अनुपस्थित थिए।
यससँगै लिभरपुल लिगको छैटौं स्थानमा आइपुगेकोछ। उसले १५ खेलबाट २५ अंक हात पारेको छ।
विश्वकपअघिका दुई खेलमा लगातार जित हात पारेको एस्टन भिल्लाले भने १६ खेलबाट १८ अंक हात पारेको छ।
198
Shares
प्रतिक्रिया