एलेक्स ब्लेकको विष्फोटक ब्याटिङमा जनकपुर रोयल्सलाई पराजित गर्दै काठमाडौ नाइटस्ले नेपाल टी२ लिगमा दोस्रो जित निकालेको छ।
काठमाडौले जनकपुरलाई ५३ रनले पराजित गरेको छ।
काठमाडौले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा १ सय ५५ रन जोड्दा अलआउट भयो। जनकपुरका समिउल्लाह शिन्वारीले २९, सुदीप जोराले २६ र पवन सर्राफले २४ रन जोडे। सर्फुद्दिन अस्रफ १९ र मोहम्मद आदिल खानले १६ तथा जितेन्द्र मुखियाले १३ रन थपे।
काठमाडौका अज्मतुल्लाह ओम्जाइले ३ तथा बसिर अहमदले दुई विकेट झारे। कमल ऐरि,अविनास बोहोरा,अनिल खरेल र सुमन गौतमले समान एक विकेट आफ्नो नाममा गरे। त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको विशाल योगफल तयार पारेको थियो।
काठमाडौका लागि एलेक्स ब्लेकले ८३ रनको सर्वाधिक योगदान दिए। ४३ बलको सामना गरेका उनले ४ चौका र ७ छक्का हाने। विरन दिप सिंहले ४९ रन बनाए। ३४ बलको सामना गरेका उनले ७ चौका र १ छक्का हाने। अज्मतुल्लाह ओम्जाइ ४३ रनमा नटआउट रहे। उनले १५ बलमा १ चैका र ४ छक्का हो। लोकेश बमले १५ रन थपे।
जितसँगै काठमाडौँ अंक तालिकाको दोस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया