नेपाल टी २० लिग हेर्न जाने दर्शकका लागि टिकट नि:शुल्क गरिएको छ। कीर्तिपुरमा जारी नेपाल टी २० लिग हेर्न दर्शक मैदान नपुगेपछि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारदेखि टिकट निशुल्क गरेको हो।
क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई लिगको जिम्मा दिएको थियो। लिगमा कहिलेसम्म प्रवेश नि:शुल्क हो भन्ने नखुलाएपनि अहिलेका लागि निशुल्क प्रवेश गरिएको छ।
सेभेन थ्री स्पोर्ट्सका प्रोजेक्ट हेड आकाश उपाध्यायले भने, ‘हामी पैसाभन्दा क्रिकेटलाई अघि राख्छौ त्यसैले बुधबारदेखि टिकट फ्रि गरेका छौँ, आजदेखि मैदानमा धेरै दर्शक देख्ने आशा गरेका छौँ।’
टी २० लिगमा यसअघि ३ सय रुपैयाँ टिकट मूल्य राख्दा खेल हेर्न दर्शक नआएपछि टिकट मूल्य घटाइएको थियो।
मूल्य घटाएर १ सय रुपैयाँ राख्दा पनि दर्शक नआएपछि आजदेखि प्रवेश नि:शुल्क गरिएको हो।
३ सय रुपैयाँ टिकट मूल्य महँगो भएको भन्दै आलोचना पनि भएको थियो। प्रवेश नि:शुल्क गरिएसँगै आजदेखि दर्शक बढ्ने अपेक्षा गरिएको छ।
Shares
प्रतिक्रिया