विश्वकपपछिको आफ्नो पहिलो खेलमा फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेले निर्णायक गोल गरेपछि फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ।
बुधबार राति भएको खेलमा पीएसजीले स्टार्सवर्गविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको हो। पीएसजीको जितमा मार्किन्हस र केलियन एम्बाप्पेले गोल गरे। स्टार्सवर्गले एक गोल उपहार स्वरुप पायो।
एम्बाप्पे चम्किएको खेलमा नेयमार भने रातो कार्ड खाँदै मैदान छाडेका थिए। नेयमारले दुई मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्दा पीएसजी ६२औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो।
जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले १६ खेलबाट ४४ अंक पुर्याएको छ। पराजित स्टार्सवर्ग ११ अंक जोडेर १९औं स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा लियोनले ब्रेस्टलाई ४–२ ले, मोनाकोले अक्सेरीलाई ३–२ ले, लिलिले क्लेरमोन्टलाई २–० ले हराउँदा अजासियोले एन्जसलाई १–० ले हराएको थियो।
Shares
प्रतिक्रिया