ad ad

खेल


विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

विराटनगर र लुम्बिनीको खेल। तस्बिर : क्यान


नेपालखबर
पुस १७, २०७९ आइतबार १६:४०, काठमाडौँ

विराटनगर सुपर किंग्सलाई पराजित गर्दै लुम्बिनी अल स्टार नेपाल टी २० लिगको प्ले अफमा पुगेको छ। 

विराटनगरलाई हराउँदै छैटौँ जित निकाल्दा प्लेअफमा पुग्ने लुम्बिनी पहिलो टोली हो। लुम्बिनीले दिएको १२३ रनको लक्ष्य पछ्याएको विराटनगर ३ बल अगावै ११० रनमा अलआउट भयो। 

जितसँगै लुम्बिनी ७ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। 

ओपनर अर्जुन साउद ४१ र गौरान्सु शर्मा १२ रनमा पवेलियन फर्के। ४५ बलको सामना गरेका अर्जुनले ४ चौका हाने। विवेक यादव १९ र पृथु बास्कोटा ११ रनमा आउट भए। 

हेरि टेलर र तिलक भण्डारीले समान २ विकेट झारे। किशोर महतो, हरमित सिंह। स्याड्ली भान र दिपेन्द्र सिंह ऐरिले समान एक एक विकेट झारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो। 

लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी ५० र गुल्सन झा ३ रनमा नटआउट रहे। ४२ बलको सामना गरेका दिपेन्द्रले ६ चौका हाने। 

कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

विराटनगरका लागि नन्दन यादव, सुर्य तामाङ र विवेक यादवले समान २ विकेट दिए। कोयन जोसेप र राज नन्ननले एक एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .