ad ad

खेल


काठमाडौमाथि सहज जित निकालेको पोखराको प्लेअफ सम्भावना कायमै

काठमाडौमाथि सहज जित निकालेको पोखराको प्लेअफ सम्भावना कायमै

नेपालखबर
पुस १८, २०७९ सोमबार १२:२१, काठमाडौँ

सुमित महर्जनको उत्कृष्ट ब्याटिङमा काठमाडौ नाइट्समाथि सहज जित निकाल्दै पोखरा एभेन्जर्सले नेपाल टी २० लिगको प्लेअफमा पुग्ने सम्भावना जिवित राखेको छ। 

सोमबार भएको खेलमा काठमाडौलाई ५ विकेटले पराजित गर्दै पोखराले प्लेअफको सम्भावना कायम राखेको हो। 

काठमाडौले दिएको १६५ रनको लक्ष्य पोखराले २ बल अगावै ५ विकेट गुमाएर भेट्टायो। 

ओपनर सुमित महर्जन र कप्तान उपुल थरांगाले तेस्रो विकेटका लागि ११२ रनको साझेदारी गरे। सुमितले सर्वाधिक ७६ रनको योगदान दिए। ५२ बलको सामना गरेका सुमितले ७ चौका र ३ छक्का हाने 

कप्तान उपुल थरांगा ५८ रनमा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्के। ४९ रनको सामना गरेका उनले ५ चौका र १ छक्का हाने। आशिफ शेख ७ र आरिफ शेख शून्य रनमा आउट भए। कुशल मल्ल १४ र र अमिर हम्जा शुन्य रनमा नटआउट रहे। सिद्धान्त लोहनी ३ रनमा क्याच आउट भए। 

काठमाडौका कमल ऐरि एक्लैले ३ विकेट लिए। अविनास बोहोरा र अनिल खरेलले एक विकेट झारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो। 

काठमाडौका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रनको योगदान दिदए। ब्लेकले २८ बलमा ३ चौका र ७ छक्का हाने।  रायल वर्ल १० र लोकेश बम ४ रनमा नटआउट रहे। 

ओपनर विरनदिप सिंह ३२ र सुनाम गौतम ४५ रनमा पवेलियन फर्के। ३८ बलको सामना गरेका विरनदिपले २ चौका र १ छक्का हाने। सुनामले ४२ बलमा ५ चौका हाने।  अज्मतुल्लाह ओम्जाइ ३ रनमा बोल्ड आउट भए। 

पोखराका लागि तुल थापाले २ तथा कुशल मल्ल र प्रतिश जिसीले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .