ad ad

खेल


नेपाल टी २० लिगमा चलेनन् नेपाली ब्याटर, प्रभाव छाड्दै विदेशी खेलाडी

स्वदेशी खेलाडीमा आशिफले जगाउँदै आशा
नेपाल टी २० लिगमा चलेनन् नेपाली ब्याटर, प्रभाव छाड्दै विदेशी खेलाडी

नेपाल टी २० लिग खेल्ने विदेशी खेलाडीहरु


लक्ष्मी जि.सी
पुस १८, २०७९ सोमबार १५:३५, काठमाडौँ

कीर्तिपुरमा जारी नेपाल टी २० लिगमा नेपाली क्रिकेटरको ब्याट धेरै चल्न सकेको छैन। 

नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा यो पटक पहिले जस्तो रौनकता छैन। नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र सेभेन थ्री स्पोर्टस्को व्यवस्थापनमा भइरहेको यो फ्रेन्चाइज लिगले दर्शक पनि तान्न सकेको छैन। 

अन्य निजी फ्रेन्चाइज लिगलाई पाखा लगाउँदै क्यिान आफैँले आयोजक रहेको नेपाल टी २० लिगमा घरेलु ब्याटर नै खुलेर खेल्न सकेका छैनन्। 

यो पटक घरेलु मैदानमा  धेरै रन बन्न सकेको छैन। घरेलु मैदानमा नै नेपाली ब्याटरको ब्याट चल्न नसक्दा केही विदेशी ब्याटरको प्रर्दशन सम्झनयोग्य छ। 

यसअघि घरेलु मैदानमा चल्दै आएका ब्याटरहरु पनि यो पटक उत्कृष्ट प्रर्दशन गर्न सकेका छैनन्। लिगमा सर्वाधिक लिग बनाउने ५ ब्याटरको सूचीमा एक खेलाडी मात्रै परेका छन्। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विदेशी खेलाडीकै वर्चश्व छ। 

लिगमा लुम्बिनी अल स्टार्सले सातमध्ये ६ खेलमा जित निकाल्दै १२ अंक बनाएर प्लेअफमा स्थान बनाइसकेको छ। लिगको प्लेअफमा स्थान बनाउने लुम्बिनी पहिलो टोली हो। 

फारवेस्ट युनाइटेडले भने ५ खेलमध्ये १ खेलमा मात्र जित निकालेर २ अंकमा तालिकाको पुछारमा छ। विराटनगर र पोखराको सामान ४ अंक छ।  

लिगमा फ्रेन्चाइज टोलीको प्रर्दशनसँगै सर्वाधिक रन बनाउने पाँच खेलाडीको चर्चा यहाँ गरिएको छ। 

एलेक्स ब्लेक (काठमाडौँ नाइट्स्) 
इंल्याण्डका मिडल अर्डर ब्याटर एलेक्स ब्लेकले नेपाल टी २० लिगमा काठमाडौं नाइट्समा आवद्ध छन्। 

लिगका ६ खेलमा  २२४ रन बनाएका ब्लेक सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थामा छन्। ब्लेककले लिगमा सर्वाधिक ८३ रनको योगदान दिएका छन्। 

ब्लेकले २२४ रन जोड्न २ अर्धशतकसहित १७ चौका र त्यति नै छक्का हानेका छन्। 

ब्लेकले सोमबार भएको पोखरा एभेन्जर्सविरुद्धको खेलमा ६४ रनको सर्वाधिक रन बनाएपछि लिगमा धेरै रन हान्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएका हुन्। 

ब्लेकले लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध २१ रन बनाएका थिए। फारवेस्ट युनाइटेडविरुद्ध ४५ रनमा नटआउट रहेका उनले जनकपुर रोयल्सविरुद्ध ८३ रनको सर्वाधिक रन बनाएका थिए। लुम्बिनी अलस्टार्स ११ रन बनाउँदा जनकपुर रोयल्सविरुद्ध २० रन बनाएका थिए। 

आशिफ शेख (पोखरा एभेन्जर्स)
पोखरा एभेन्जर्सका ब्याटर आशिफ शेख सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन्। जारी लिगमा आशिफले सर्वाधिक ७७ रनको नटआउट इनिङ्स खेलेका छन्। 

यसअघि शीर्ष स्थानमा रहेका आशिफलाई काठमाडौंका ब्याटर एलेक्स ब्लेकले उछिनेका हुन्। काठमाडौंविरुद्ध सोमबार भएको खेलमा आशिफले ७ रनमा पवेलियन फर्के। 

आशिफले लुम्बिनी अलस्टार्सविरुद्धको खेलमा सर्वाधिक ७७ रनको पारी खेलेका हुन्। लिगमा उनको सर्वाधिक कम ६ रन छ।

आशिफले फार वेस्ट युनाइटेडविरुद्ध ४५ रन बनाएका थिए। विराटनगर सुपर किंग्सविरुद्ध पहिलो खेलमा १० र दोस्रो खेलमा ११ रन बनाएका थिए। 

पोखराका लागि ८ खेल खेलेका आशिफले सात इनिङस्मा दुई अर्धशतकसहित २११ रन बनाएका छन्। आशिफले १९ चौका र ४ छक्का प्रहार गरे।        

राष्ट्रिय टोलीका सदस्य समेत रहेका आशिफले नेपाल टी २० लिगमा उत्कृष्ट प्रर्दशन गर्न सकेका छैनन् ।

लाहिरु मिलान्था (लुम्बिनी अल स्टार्स) 
श्रीलंकाका विकेट किपर ब्याटर लाहिरु मिलान्थाले यो पटकको नेपाल टी २० लिग लुम्बिनी अल स्टार्सबाट खेलेका छन्। 

हेफ्ट ह्याण्ड ब्याटर मिलान्थाले जारी लिगमा गरेको उत्कृष्ट प्रर्दशन भनेको विराटनगर सुपर किंग्स विरुद्धको प्रर्दशन नै हो। 

लिगको पहिलो खेलमा नै फार वेस्ट युनाइटेडविरुद्ध ६० रन बनाएका उनले दोस्रो खेला विराटनगर सुपर ंिकग्सविरुद्ध ८० रनको उत्कृष्ट प्रर्दशन गरेका मिलान्थाले त्यसयताका खेलमा सम्झनलायक प्रर्दशन गर्न सकेका छैनन्। 

पोखरा एभेन्जर्सविरुद्धको खेलमा १ रन मात्र बनाएका मिलान्थाले फारवेष्ट युनाइटेडविरुद्ध ३४ रन जोडेका थिए। 

काठमाडौं नाइट्सविरुद्धको खेलमा २५ रन बनाएका उनी विराटनगर सुपर किंग्सविरुद्धका खेलमा १ रन मात्र बनाएका थिए। 

समग्रमा लुम्बिनीले खेलेको ६ खेलमा मिलान्थाले दुई अर्धशतकसहित २०१ रनमात्रै बनाएका छन्। मिलान्थाले १५ चौका र ११ छक्का हानेका छन्। 

चन्दविक वाल्टन (जनकपुर रोयल्स) 
वेष्ट इन्डिजका शीर्षक्रमका ब्याटर चन्दविक वाल्टनले नेपाल टी २० लिगमा १९५ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा छ। 

जनकपुर रोयल्सका वाल्टनले लिगमा ६९ रनको सर्वाधिक रन बनाएका थिए। लिगका ६ खेलमा २ अर्धशतक प्रहार गरेका थिए। वाल्टनले १३ चौका र १० छक्का हानेका छन्। 

लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १९ रन बनाएका थिए। विराटनगर सुपर किंग्सविरुद्धको दोस्रो खेलमा ९ रन बनाएका उनी फारवेष्ट युनाइटेडविरुद्ध पनि ६९ रनको नटआउट इनिङ्स खेलेका थिए। 

विराटनगरविरुद्धकै अर्को खेलमा २९ रन बनाएका उनी काठमाडौ नाइट्सविरुद्धको खेलमा शून्य रनमा नै पवेलियन फर्के। 

हुसैन तलात (विराटनगर सुपर किंग्स) 
पाकिस्तानका अलराउण्डर हुसेन तलात सर्वाधिक रन बनाउने खेलाडीको पाँचौ स्थानमा आफूलाई राख्न सफल भएका छन्। 

लेफ्ट ह्याण्ड ब्याटर तलातले लिगमा १८९ रन बनाएका छन्। लिगमा १ अर्धशतक हान्दा १८ चौका र ५ छक्का हानेका छन्। 

लिगका ६ खेलमध्ये पोखरा एभेन्जर्सविरुद्ध हानेको अर्धशतक नै सर्वाधिक रन हो। ५० रनमा नटआउट रहेका तलताले पोखरासँगकै अर्को खेलमा २८ रनमा अविजित रहेका थिए। 

लिगको पहिलो खेलमा लुम्बिनी अलस्टार्सविरुद्ध ३९ रन बनाएका उनले जनकपुर रोयल्सविरुद्ध ४२ रन बनाएका थिए। लुम्बिनी अल स्टार्सविरुद्ध मात्र २ रन बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .