ad ad

खेल


साढे २ घन्टा ढिलोगरी सुरु भयो काठमाडौं र विराटनगरबीच खेल

साढे २ घन्टा ढिलोगरी सुरु भयो काठमाडौं र विराटनगरबीच खेल

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस १९, २०७९ मंगलबार ११:१५, काठमाडौँ

काठमाडौं रोयल्स र विराटनगर सुपर किंग्सबीचको खेल सुरु भएको छ। 

त्रिवि मैदानमा बिहान सााढे ८ बजेबाट सुरु हुने भनिएको खेल साढे २ घन्टा ढिलोगरी सुरु भएको हो। 

पारिश्रमीक विवाद भएपछि खेलाडीहरुले टस गर्नै मानेका थिएनन्। विवाद बढेपछि त्रिवि मैदानमा नै क्यानका पदाधिकारीहरुबीच छलफल भएको थियो। छलफलपछि भएको सहमति अनुसार खेल सुरु गर्न खेलाडीहरु तयार भएका थिए। 

काठमाडौंले टस जितेर ब्याटिङ गरेको छ। खेल ९ ओभरको मात्र हुने छ।

लिगका ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन्। आधा खेल सकिंदा पनि खेलाडीले पैसा नपाएपछि खेलाडीले मंगलबारको पहिलो खेलका लागि टसका लागि प्लेइङ लिष्टमा नाम नै टिपाउन मानेका थिएनन्।

भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’का जतिन आलुवालिया सोमबार रातिबाट नै सम्पर्कविहीन भएपछि विवाद बढेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .