ad ad

खेल


डिफेन्डर गीता करिब साढे ४ महिना मैदान बाहिर रहने

डिफेन्डर गीता करिब साढे ४ महिना मैदान बाहिर रहने

नेपालखबर
फागुन ८, २०७९ सोमबार १८:५९, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ फुटबल क्लबकी मुख्य डिफेन्डर गीता राना करिब साढे ४ महिना मैदान बाहिर रहने भएकी छिन्। 

गीताको देब्रे घुँडाको मिनिस्कस च्यातिएपछि शल्यक्रिया गर्नुपर्ने भएको छ। गीताले भनिन्, मंगलबार घुँडाको शल्यक्रिया गर्ने तयारी गरिएको छ। शल्यक्रियापछिको साढे ४ महिना मैदान बाहिर रहन्छु होला। 

उनको मंगलबार ललितपुरको सातदोबाटोस्थित बीएण्डबी अस्पतालमा शल्यक्रिया हुँदैछ। 

भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएकी गीताले दोस्रो मैत्रीपूर्ण खेल गुमाएकी थिईन्। भारतसँगको पहिलो मैत्रीपुर्ण खेलको ५२ औँ मिनेटमा घाइते भएकी गीताले मैदान छाडेकी थिईन्। उनको स्थानमा खेलको ५४ औँ मिनेटमा दिपा शाही मैदान छिरेकी थिईन्। 

सन् २०१६ देखि राष्ट्रिय टोलीकी नियमीत सदस्य रहेको गीताले पहिलो पटक टोलीबाट बाहिर रहेकी हुन्। 

घुँडाको चोटका कारण उनले ओलम्पिक छनोटको पहिलो चरणको खेल गुमाउनेछिन्। आगामी अप्रिलमा हुने छनोटको पहिलो चरणमा नेपाल भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको समूह सी मा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .