नेपाली महिला फुटबल टोलीका कुसुम खतिवडा र अञ्जली चन्दको घुँडाको सफल शल्यक्रिया भएको छ।
उमेर समुहका उनीहरु दुवैको उनीहरुको सोमबार ललितपुरको सातदोबाटोस्थित बीएण्डबी अस्पतालमा घुँडाको एसीएल शल्यक्रिया भएको राष्ट्रिय टोलीकी फिजियो नविना वैद्यले जानकारी दिइन्।
उनीहरु दुवैको सोमबार डा. अमित जोशी र उनको टिमले शल्यक्रिया गरेका थिए।
बंगलादेशका भएको साफ यू–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका सदस्य रहेका कुसुम र अञ्जलीले घुँडामा चोट बोकेका थिए।
कुसुमले बंगलादेशसँगको पहिलो खेलको छैटौँ मिनेटमा घुँडामा चोट बोकेकी थिईन्। अञ्जलीले भने बंगलादेशसँगको फाइनल खेलको पहिलो हाफको अन्तिम तिर चोट बोकेकी थिईन्। उनको बंगलादेशमा नै एमआरआई गर्दा एसीएल गएको देखिएको थियो।
अञ्जलीले बंगलादेशसँग फाइनलका क्रममा दाहिने घुँडामा चोट बोकेकी थिईन्। अञ्जलीले भारतसँगको खेलको ४८ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन्।
कुसुम खतिवडा र अञ्जली चन्द दुवैको घुँडाको एसीएल थियो। उनीहरु दुवै कम्तीमा ९ मैदान बाहिर रहनेछन्।
Shares
प्रतिक्रिया