ad ad

खेल


स्कटल्यान्डलाई आईसीसी लिग २ को ट्रफी

स्कटल्यान्डलाई आईसीसी लिग २ को ट्रफी

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १७:५१, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको उपाधि स्कटल्यान्डले पाएको छ।

पहिलो पटक नेपाल भ्रमणमा रहेको स्कटल्यान्डले नामिबियासँगको पहिलो खेलमा १० विकेटले जित निकाल्दै लिग २ च्याम्पियन बनेको थियो। मंगलबार नेपालसँगको खेलसँगै स्कटल्यान्डको लिग २ यात्रा सकिएको छ।

च्याम्पियन स्कटल्यान्डलाई आज ट्रफी हस्तान्तरण गरिएको छ।

स्कटल्याण्डले लिग २ को ३६ खेलमध्ये २४ खेलमा जित र १० खेलमा हार भोग्दै ५० अंकसहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो।

अंक तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्ड विश्वकपका लागि छनोट भइसकेको छ।

नेपालमा भएको त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले नामिबियालाई पहिलो खेलमा १० विकेटले तथा दोस्रो खेलमा ४३ रनले हराएको थियो।

स्कटल्याण्ड घरेलु टोलीसँग पहिलो खेलमा ३ तथा दोस्रो खेलमा २ विकेटले पराजित भएको थियो। सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य नेपालले ३५ बल अगावै ८ विकेट गुमाएर भेट्टायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .