ad ad

खेल


यू–१९ विश्वकपमा नेपालको लगातार दोस्रो जित, कुवेत १ सय रनमा अलआउट

यू–१९ विश्वकपमा नेपालको लगातार दोस्रो जित, कुवेत १ सय रनमा अलआउट

नेपालखबर
फागुन १३, २०७९ शनिबार १७:५५, काठमाडौँ

अर्जुन र देवको कीर्तिमानी प्रर्दशनमा कुवेतलाई २४३ रनको विशाल अन्तरले हराउँदै नेपालले आइसीसी यू १९ एशिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ।

नेपालले दिएको ३४४ रनको विशाल लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १ सय रन बनाउँदा अल आउट भयो। 

जुडे क्रिस्टोफरले बनाएको २६ रन नै कुवेतका लागि सर्वाधिक रह्यो। युसुफ सदिक बसा मोहम्मदले १९ र हेट किशोरभाइ हिन्सुले १६ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कुवेतलाई कम स्कोरमा रोक्न नेपालका आकाश चन्द एक्लैले ६ विकेट लिए। ९.५ ओभर बलिङ गरेका आकाशले मात्र ४३ रन दिए। हेमन्त धामी र दिपेश कँडेलले समान २ विकेट लिए। 

त्यसअघि त्यसअघि मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रनको योगफल तयार पारेको थियो। 

कुवेतलाई विशाल लक्ष्य दिने क्रममा कप्तान देव खनाल र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ७० रनको उत्कष्ट शतकीय साझेदारी गरे। 

कोपनर अुर्जन कुमाल र कप्तान देव खनाल दुवैले करियरको पहिलो शतक हानेका हुन्।

कप्तान देवले १ सय २५ रनको उत्कृष्ट प्रर्दशन गरेका थिए। करियरको पहिलो शतक हान्ने क्रममा देवले १ सय १७ बलमा ९ चौका र ३ छक्का हाने। 

ओपनर अर्जुन १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनमा क्याच आउट भए। 

ओपनर दीपक बोहरा १३ रनमा आउट भए। विशाल विक्रम केसीले २३ र दीपक बोहराले १९ रन थपे। दीपक डुम्रे २०, दीपेश कँडेल र सुवास भण्डारीले समान २ रन जेड्दै पवेलियन फर्के। 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो। तेस्रो खेलमा नेपालले सोमबार हङकङसँग खेल्नेछ।

प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .