सातदोबाटो युथ क्लबले शहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको दिन नेपाल एपीएफ क्लबले भने पहिलो हार व्यहोरेको छ।
च्यासल खेल मैदानमा बुधबार भएको खेलमा सातदोबाटोले एपीएफलाई १–० गोल अन्तरले पराजित गर्यो।
खेलको ५५ औँ मिनेटमा सातदोबाटोका विलियम एसिडेउले गरेको गोल नै निर्णायक बन्यो।
खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्र जित सम्भव भयो।
लिगको तेस्रो चरणमा एपीएफले जावलाखेल युथ क्लबसँग खेल्नेछ। खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजेपछि हुनेछ।
सातदोबाटोले भने फ्रेण्ड्स क्लबसँग दशरथ रंगशालामा हुनेछ। सो खेल साँझ साढे ५ बजे हुनेछ।
27
Shares
प्रतिक्रिया