नेपाली ओपनर आशिफ शेखले एक दिवसीय क्रिकेटमा १ हजार रन पूरा गरेका छन्।
आशिफले आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा १ हजार रन पूरा गरेका हुन्।
आशिफले ३२ औं ओभरको दोस्रो बलमा ९० बलमा १० चौका र २ छक्का हान्दै वन डे क्रिकेटमा १ हजार रन पुरा गरेका हुन्।
वन डे मा एक हजार रन पुरा गर्ने आशिफ दोस्रो खेलाडी हुन्।
यसअघि घरेलु मैदानमा भएको लिग २ अन्गर्ततको खेलमा कप्तान रोहित पौडेलले १ हजार रन पूरा गरेका थिए।
रोहितले नामिबियाविरुद्धको खेलमा १ हजार रन पूरा गरेका थिए।
36
Shares
प्रतिक्रिया