ad ad

खेल


तस्बिरमा हेर्नुस् पीएनजीविरुद्ध नेपालको ब्याटिङ (तस्बिरहरु)

तस्बिरमा हेर्नुस् पीएनजीविरुद्ध नेपालको ब्याटिङ (तस्बिरहरु)

नेपाली ओपनरहरु आशिफ शेख र कुशल भुर्तेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १२:२७, काठमाडौँ

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपाली ओपनरले उत्कृष्ट प्रदर्शन गरेका छन्। 

नेपाली ओपनर आशिफ शेखले पीएनजीविरुद्धको ब्याटिङका क्रममा एक दिवसीयतर्फ १००० रन पूरा गरेका छन्। 

उनी पीएनजीविरुद्धको खेलमा शतकनजिक पनि छन्। उनले ९८ बलको सामना गर्दै ९८ रन नै बनाइसकेका छन्।

अर्का ओपनर कुशल भुर्तेल अर्धशतकनजिक पुगेर आउट भए। उनले ४५ रन बनाएका थिए।

नेपालले तीन विकेट गुमाएको अवस्थामा अहिले आशिफलाई कप्तान रोहित पौडेलले साथ दिइरहेका छन्।

रोहित २९ बलमा १९ रन बनाउँदै खेलिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .