आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले सानदार सुरुवात गरेको छ।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएईले ७ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १३ रन बनाएर खेलिरहेको छ।
नेपालका ललित राजवंशीले ओपनर भृत्या अरविन्दलाई शुन्य रनमा बोल्ड आउट गरे।
अर्का ओपनर आशिफ खान ६ रन बनाउँदा क्याच आउट भए। आर्यन लाक्रालाई दिपेन्द्र सिंह ऐरिले शुन्य रनमा बोल्ड आउट गराए।
कप्तान मुहम्मद वसिम १ रनमा क्याच आउट भए। वसिम ललित राजवंशीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।
अहिले आयान अफ्जल खान १ र रोहन मुस्तफा ४ रनमा नटआउट छन्।
नेपालका लागि ललित राजवंशीले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले एक एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय .४८ रन बनाउँदा अलआउट भएको थियो।
Shares
प्रतिक्रिया