ad ad

खेल


फ्रेन्ड्सले टुंग्यायो जावलाखेलको अपराजित यात्रा (तस्बिरहरु)

फ्रेन्ड्सले टुंग्यायो जावलाखेलको अपराजित यात्रा (तस्बिरहरु)

फ्रेन्ड्स र जावलाखेलबीचको खेल। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
फागुन ३०, २०७९ मंगलबार १८:२९, काठमाडौँ

साविक विजेता मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै शहिद स्मारक ए डिभिजन लिगमा सानदार सुरुवात गरेको जावालाखेल युथ क्लबको अपराजित लिग यात्रामा पूर्णविराम लागेको छ। 

लिगमा दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको जावलाखेल चौथो चरणमा आएर रोकियो। 

यता जावलाखेलले पहिलो हार भोगेको दिन फ्रेन्ड्स क्लबले भने पहिलो जित दर्ता गरेको हो। 

फ्रेन्ड्सले दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजा निकालेको थियो। जावलाखेलले दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्सले जावलाखेललाई २–१ गोल अन्तरले हरायो। जावालखेल अन्तिम मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो। 

सीमान्त थापाले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडे। खेलको ९० औं मिनेटमा पहिलो पहेलो कार्ड पाएका उनले अतिरिक्त समयको पाँचौं मिनेटमा दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडे। 

खेलको पहिलो हाफमा २–० ले पछि परेको जावलाखेलले दोस्रो खेलमा १ गोल फर्कायो। 

फ्रेण्डस्को जितमा रफिक अमिनु र प्रकाश बुढाथोकीले गोल गरे। जावालखेलका लागि फोफे फोफानाले गोल फर्काए। 

खेलको १९ औं मिनेटमा रफिकले गोल गर्दै फ्रेण्डस्लाई सुरुवाती अग्रता दिलाए। ४० औं मिनेटमा प्रकाश बुढाथोकीले अग्रता दोब्बर पारे। 

खेलको ८७ औं मिनेटमा फोफे फोफानाले गोल फर्काए पनि बराबरीका लागि पर्याप्त भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .