क्रिस्टियानो रोनाल्डोका दुई गोलको मद्दतमा पोर्चुगलले युरो कप २०२४ छनोटमा लक्जाबर्गविरुद्ध शानदार जित हासिल गरेको छ।
आइतबार राति भएको खेलमा पोर्चुगलले लक्जमबर्गलाई ६–० को फराकिलो अन्तरले हराएको हो।
पोर्चुगललको जितमा रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लियोले एक/एक गोल गरे।
रोनाल्डो, फेलिक्स र सिल्भाले पहिलो हाफमा नै गोल गरेपछि पोर्चुगलले ४–० को आरामदायी अग्रता लिएको थियो।
दोस्रो हाफमा २ गोल गरेको पोर्चुगलका लागि राफेल लियोले ८५औँ मिनेटमा पेनाल्टी मिस गर्दा अग्रता फराकिलो बनाउन चुक्यो।
युरोकप २०२४ को छनोटको सुरुवाती दुई खेल जितेको पोर्चुगल ६ अंकमा समूह जे को शीर्ष स्थानमा छ।
गत बिहिबार लिकटेन्स्टाइनविरुद्ध दुई गोल गरेपछि रोनाल्डोे युरोपियन च्याम्पियनसिप छनोटमा आफ्नो कीर्तिमान कायम गरेका थिए।
बेल्जियमसँग ६ वर्षको कार्यकाल समाप्त गरेपछि जनवरी देखि पोर्चुगलको जिम्मेवारी सम्हालेका रोबर्टो मार्टिनेजको लागि लगातार दोस्रो जित हो।
गएराति भएको समूह जी कै अर्को खेलमा स्लोभाकियाले बोस हेर्जलाई २–० गोल अन्तरले हराउँदै समूहको दोस्रो स्थानमा उक्लेको छ।
आइसल्यान्डले लिकटेन्स्टाइनलाई ७–० को फराकिलो अन्तरले पाखा लगायो।
Shares
प्रतिक्रिया