ad ad

खेल


ललितपुर मेयर्स कप : एपीएफद्वारा कोशी प्रदेशसामु १ सय ५५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत

ललितपुर मेयर्स कप : एपीएफद्वारा कोशी प्रदेशसामु १ सय ५५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १३:४, काठमाडौँ

कप्तान सिता राना मगर र इन्दु बर्माको कीर्तिमानी शतकिय साझेदारीमा एपीएफ क्लबले ललितपुर मेयर्स कप टी २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशसामु १ सय ५५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय ५४ रनको विशाल योगफल तयार पारेको हो। 

दोस्रो विकेटका लागि सिता र इन्दु बर्माले १ सय ३६ रनको साझेदारी गरे। सिता ७९ र इन्दु ५१ रनमा नटआउट रहे। ६८ बलको सामना गरेकी सिताले ९ चौका र २ छक्का हानिन्। इन्दुले ४१ बलमा ५ चौका र १ छक्का हाने। 

प्रतियोगितामा दोस्रो अर्धशतक प्रहार गरेकी सिताले मेयर्स कपकै सर्वाधिक रन बनाउने पहिलो खेलाडी बनेकी हुन्। यसअघिको संस्करणमा ललितपुरकी सुमन खतिवडाले ७७ रन बनाएकी थिईन्। त्यो नै मेयर्स कपको उच्च रन थियो। 

ओपनर ज्योति पाण्डे २ रन बनाउँदा एलिसा खडियाको बलमा एलबीडब्लु धरापमा परिन्। 
कोशी प्रदेशले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। कोशी पहिलो पटक प्रतियोगिताको उपधि जित्ने दाउमा छ। एपीएफ भने उपाधिमाथि ह्याट्रिक गर्ने योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .