ad ad

खेल


न्यु डायमण्ड कप महिला भलिबलमा ७ टोली भिड्ने, तयारी पूरा

न्यु डायमण्ड कप महिला भलिबलमा ७ टोली भिड्ने, तयारी पूरा

नेपालखबर
पुस २०, २०७६ आइतबार ८:२१,

होङवान्जी न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको तेस्रो संस्करणमा सात टोलीले सहभागिता जनाउने भएका छन्। आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगितामा तीन विभागीयसहित ७ टोली सहभागी हुने क्लबका अध्यक्ष सुनकेशरी मालीले जानकारी दिइन्। प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, टप्स उच्च मावि, पारामाउण्ट इंग्लिस बोर्डिङ स्कुल, ढोरपाटन स्र्पोर्टस् क्लब र आयोजन न्यु डायमण्ड सहभागी हुनेछ। खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ।

प्रतियोगिताका लागि होङवान्जी बौद्ध समाजले एक वर्षको लागि पुनः नवीकरण गरेको छ। समाजले मुख्य प्रायोजनबापत उपाधि विजेता र उपविजेताको पुरस्कार रकम उपलब्ध गराउनेछ।

प्रतियोगिताको उपाधि विजेताले ४ लाख १ सय १ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ३ लाख १ सय १ रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ, चौथोले ५१ हजार १ सय १ रुपैयाँसहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिता २३ गते बुधबारदेखि शनिबारसम्म काठमाडौको नयाँ बसपार्कस्थित ढोरपाटन क्लवको खेल मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .