बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता वैशाख दोस्रो साता हुने भएको छ।
बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलन गर्दै गल्फ वैशाख ९ गते हुने जानकारी दिएको हो।
एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।
कार्यक्रममा एक हजार पाँच सय बढी सहभागी हुने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले जानकारी दिए।
बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिए।
कार्यक्रममा कर्पोरेट गल्फ प्रतियोगिताको विजेताले पाउने सुनको बल सावैजनिक गरिएको थियो।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ सार्वजनिक गरेका थिए।
स्टेबल फोर्ड फर्म्याटमा हुने प्रतियोगिता १८ होलमा हुनेछ। एक दिने प्रतियोगितामा १ सय १० खेलाडीले सहभागिता जनाउने गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले जानकारी दिए।
प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर सहभागी हुनेछन्। प्रतियोगितामा ‘खेलाडी छनोट समिति’ले छनोट गरेका खेलाडीले मात्रै भाग लिन पाउनेछन्।
१८ होलमा स्टेबल फोर्ड फर्म्याटमा प्रतिस्पर्धा हुनेछ। यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन। यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्ने गर्छन्।
Shares
प्रतिक्रिया