खेलकुद पोशाक कम्पनी उम्ब्रोको रोड टु वेस्ट ह्याम अभियानको दुई भाग्यशाली विजेता छानिएका छन्।
उम्ब्रो नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ्स कम्पनीले आइतबार लक्की ड्र मार्फत विजेता छानिएको हो।
लक्की ड्र मार्फत नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट र मिडफिल्डर एरिक विष्टले विजेताको छनोट गरेका थिए।
गोलाप्रथाबाट भक्तपुरका अनमोल श्रेष्ठ र बागलुङका सुजन रेग्मी इंग्लिस प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाईटेड र म्यानचेस्टर युनाईटेडबीचको खेल हेर्न लन्डन जान पाउने भएका छन्।
लण्डन स्टेडियममा आगामी मे ७ मा वेस्ट ह्याम र युनाईटेडबीचको खेल हुनेछ। विजेताले काठमाडौं देखि लण्डनको दुईतर्फी टिकट र लण्डनमा रहँदा ३ रात र ४ दिनको आवास सुविधा पाउने छन्।
भाटभटेनीले उम्ब्रोको ५ हजार रुपैयाँभन्दा समान खरिद गर्ने व्यक्तिलाई लक्की ड्र मा समावेश गरिएको थियो। लक्की ड्र मा ६ सयभन्दा बढी खरिदकर्ता सहभागी थिए। उम्ब्रो वेस्ट ह्यामको प्रायोजक समेत हो।
Shares
प्रतिक्रिया