जावलाखेल युथ क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थान उक्लिएको छ।
मंगलबार एन्फा कम्प्लेक्समा भएको खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लबलाई २-१ गोलअन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो।
जावलाखेललाई जिताउने क्रममा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरेका हुन्। पराजित सातदोबाटोका दीपकसिंह ठकुरीले सान्त्वना गोल गरे।
यो जितपछि जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ। पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।
63
Shares
प्रतिक्रिया