सैनिक मुख्यालय जंगी अड्डास्थित मैदानमा प्रधानसेनापति ट्रफी–२०७९ खेलकुद प्रतियोगिता सुरु भएको छ।
आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका १४ वटा टिम सहभागी हुनेछन्।
यस वर्षको प्रधानसेनापति ट्रफीमा एक सिंगे गैँडालाई मस्कटको रुपमा राखी खेलाडीहरुबाट एक सिंगे गैँडाको मास्कट समेत प्रदर्शन गरिएको छ।
उद्घाटन समारोहमा सोमबार महिला तथा पुरुष १५ सय मिटर दौडका विजेतालाई प्रधानसेनापति प्रभुराम शर्माले पुरस्कार वितरण गरेका छन्।
प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरु संचालन हुनेछन्।प्रधानसेनापति ट्रफी २०६५ सालबाट सुरु भएको हो।
15
Shares
प्रतिक्रिया