च्याम्पियन्स लिगमा आज मंगलबार रातिदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन्। क्वार्टरफाइनलको पहिलो लेगमा आज मध्यराति म्यानचेष्टर सिटीले बार्यन म्युनिखको सामना गर्दैछ।
सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा हुने खेल नेपाली समयअनुसार पौने १ बजे मध्यराति हुनेछ। सिटीका हालाण्ड पछिल्लो समय उत्कृष्ट लयमा छन्।
दुवै टोली पहिलो लेगमा दुवै टोली जित निकाल्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन्।
समूह सी र सिटी समूह जी को विजेता बन्दै अघिल्लो चरण पुगेका थिए।
बार्यन पनि सिटीलाई घरेलु मैदानमा हराउँदै अघिल्लो चरणको यात्रालाई सहज बनाउन चाहन्छ।
आजै राति हुने अर्को खेलमा बेन्फिकाले इन्टर मिलानको सामना गर्नेछ। बेन्फिाकाको घरेलु मैदानमा हुने खेलमा दुवै टोली अघिल्लो चरण पुग्नका लागि संर्घष गर्नेछन्।
यता इन्टर मिलान समूह सी को उपविजेता र बेन्फिका समूह एच को विजेताको रुपमा अघि बढेका थिए।
Shares
प्रतिक्रिया