ad ad

खेल


बार्यनलाई हराउँदै सिटीले बनायो सेमिफाइनल प्रवेशको सम्भावना बलियो

बार्यनलाई हराउँदै सिटीले बनायो सेमिफाइनल प्रवेशको सम्भावना बलियो

नेपालखबर
चैत २९, २०७९ बुधबार ६:२५, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगको पहिलो क्वार्टरफाइनलको पहिलो लेगमा बार्यन म्युनिखलाई हराउँदै म्यानचेष्टर सिटी सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।  

मंगलबार राति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा बार्यनलाई ३–० गोल अन्तरले हराउँदै लगातार तेस्रो सिजनको सेमिफाइनलमा पुग्नका लागि सम्भावना बलियो बनाएको हो। 

सिटीको जितमा रोड्रि, बर्नानडो सिल्भा र इर्लिङ हालाण्डले गोल गरे। 

खेलको २७ औँ मिनेटमा रोड्रिले च्याम्पियनस लिगमा आफ्नो पहिलो गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा २ गोल थप्यो। 

खेलको ७० औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। त्यसको ६ मिनेटपछि नै हालान्डले गोल गर्दै घरेलु टोलीलाई ३–० को आरामदायी अग्रता दिलाए। 

हलाण्डको सबै प्रतियोगितामा गरेर सिटीका लागि ४५ औँ गोल  गरिसकेका छन्। यो सिजन उत्कृष्ट लयमा रहेका हालान्डले प्रिमियर लिगमा ३०, च्याम्पियन्स लिगमा ११, एफए कपमा ३ र काराबाओ कपमा एक गोल गरेका छन्। 

जितसँगै सिटीले दोस्रो लेगमा बराबरीको नतिजा ल्याए पुग्नेछ। उता पहिलो लेगको हारसगै बार्यनमथि दबाब बढेको छ। लिगको दोस्रो लेग आगामी बुधबार बार्यनको घरेलु मैदानमा हुनेछ। 

गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले बेन्फिकालाई २–० गोल अन्तरले हराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .