ad ad

खेल


मुम्बईसँग दिल्ली पराजित

मुम्बईसँग दिल्ली पराजित

नेपालखबर
चैत २९, २०७९ बुधबार ६:३५, काठमाडौँ

इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत मुम्बई इन्डियन्सले यो सिजनमा पहिलो जित दर्ता गरेको छ।

दिल्लीको अरुण जेटली स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो।

जितका लागि दिएको १७३ रनको लक्ष्य पछ्याएको मुम्बईको टोलीले चार विकेट गुमाएर १७३ रन बनाएर जित निकालेको हो। मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ६५ रन बनाए । उनले ४५ बलमा छ चौका र चार चौकाको मद्दतले ६५ रनको इनिङ खेले।

जितमा तिलक बर्माले ४१ र इशान किसनले ३१ रन बनाएका थिए । क्यामरुन १७ र डेबिड १३ रनसहित अविजित रहे।

खेलमा टोलीका स्टार ब्याट्सम्यान सूर्यकुमार यादवको असफलताको शृङ्खला जारी रह्यो। उनले यो खेलमा पनि खाता खोल्न सकेनन्।

तर मुम्बईका लागि यो जित त्यति सहज थिएन । मुम्बईलाई अन्तिम ओभरमा पाँच रन र अन्तिम बलमा दुई रन आवश्यक थियो। टिम डेभिडले दुई रन बनाएर टोलीलाई सिजनको पहिलो जित दिलाए।

अर्कोतर्फ दिल्ली क्यापिटल्सले यो सिजनका अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .