ad ad

खेल


इङ्लिस प्रिमियर लिगमा ५ खेलपछि लिभरपुलको शानदार जित

इङ्लिस प्रिमियर लिगमा ५ खेलपछि लिभरपुलको शानदार जित

नेपालखबर
बैशाख ५, २०८० मंगलबार ७:२४, काठमाडौँ

मोहम्मद सलाह र डिएगो जोटाको समान दुई गोलमा लिभरपुलले इङि्लस प्रिमियर लिगमा पछिल्ला पाँच खेलपछि शानदार जित हासिल गरेको छ। 

मंगलबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ गोलको फराकिलो अन्तरले पाखा लगाएको हो।

म्यानेचेस्टर युनाइटेडलाई ७–० को फराकिलो अन्तरले हराएपछि लिभरपुल जितविहीन थियो। लिभरपुलसँगको हारले लिड्सको रेलिगेसन खतरा उस्तै छ। 

खेलको ३५औं मिनेटमा एलेक्जेन्डर अर्नोल्डको पासमा कोडी गोक्पोले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए। ३९औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

जनवरीमा लिभरपुल आएका गोक्पोले क्लबका लागि आफ्नो पाँचौं गोल गरेका हुन्। इजिप्ट फरवार्ड सलाहले जोटाको पासमा गोल गरेका थिए।

सलाहले ६४औं मिनेटमा व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे। जोटाले खेलको ५२ र ७३ मिनेटमा गोल गर्दै टोलीलाई ५–१ को अग्रता दिलाएका थिए। खेलको ९०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को अवस्थामा ल्याए। 

लिड्सका लागि खेलको ४७औं मिनेटमा सिनिस्टेराले गरेको गोल सान्त्वना बन्यो। 

लिभरपुल ३० खेलबाट ४७ अंक जोड्दै आठौं स्थानमा छ। पराजित लिड्स भने ३१ खेलबाट २९ अंक जोडेर १६औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .