एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाटन खेलमा नेपाल र मलेसिया भिडिरहेका छन्।
टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको २३६ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ।
यस्तोमा अहिले कुशल मल्ल र भीम सार्कीले नेपाललाई जितनजिक पुर्याएका छन्।
ताजा अवस्थामा कुशल र भीम दुवैले अर्धशतक पूरा गरेका छन्।
कुशलले विस्फोटक ब्याटिङ गर्दै ३५ बलमा ६५ रन बनाइसकेका छन्। त्यसक्रममा उनलेच ४ चौका र ५ छक्का हानेका छन्।
उनलाई साथ दिइरहेका भीम सार्कीले पनि ९५ बलमा ७० रन हानिसकेका छन्। उनले पनि ५ चौका हानेका छन्।
जवाफी ब्याटिङका क्रममा नेपालले सुरुवातमै पहिलो विकेट गुमाएको थियो।
नेपालका कप्तान ओपनर कुशल भुर्तेल ३८ बलमा ३१ रन बनाएको अवस्थामा क्याच आउट भए।
त्यस्तै आशिफ शेख ३ बलमा केबल एक रन बनाउँदै पबेलियन फर्किएका थिए।
त्यसपछि नेपाली कप्तान रोहित पौडेल पनि अर्धशतकनजिक पुगेर पबेलियन फर्किएका छन्। उनी ४३ बलमा ४२ रन बनाएको अवस्थामा क्याच आउट भए।
ताजा अवस्थामा नेपालले ३४ ओभर खेल्दै ३ विकेटको क्षतिमा २२२ रन बनाउन सफल भएको छ।
Shares
प्रतिक्रिया