ad ad

खेल


आज ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

क्यानको प्रस्ताव आईसीसीद्वारा स्वीकृत
आज ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार ६:५९, काठमाडौँ

नेपालले आफ्नो ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल घरेलु मैदानमा खेल्दै छ। 

एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबार हुने नेपाल र ओमानबीचको खेलले ओडीआई मान्यता पाएको छ। यसअघि यो खेल ओडीआई मान्यता प्राप्त हो वा होइन भन्ने अनिश्चितता थियो। 

प्रिमियर कपका अन्य खेल ५० ओभरका मात्र हुन्। जसले ओडीआई मानयता पाएका छैनन्। प्रिमियर कपका अन्य खेलले लिस्ट ए मान्यतासमेत पाएका छैनन्।

नेपाल त्रिकेट संघ (क्यान) ले नेपाल र ओमान दुवै राष्ट्रलाई ओडीआई मान्यता दिन आईसीसीलाई पत्र पठाएको थियो। क्यानको प्रस्तावलाई आईसीसीले गएराति मात्र स्वीकृत गरेको हो। 

योसँगै नेपालले घरेलु मैदानमा आफ्नो ५० ओभरको ओडीआई खेल खेल्नेछ। 

नेपालले यसअघि सन् २०१८ मा मलेसियामा भएको एसिया कप छनोटमा यूएईसँगको खेलले ओडीआई मान्याता पाएको थियो। 

नेपालले अहिलेसम्म ७ देशसँग ४९ ओडिआई खेल खेलिसकेको छ। सन् २०१८, १५ मार्चमा ओडिआई मान्यता पाएको नेपालले ४९ खेलमा २६ मा जित, २१ मा हारको नतिजा निकालेको छ। एक खेल  बराबरी हुँदा एक खेल भने नतिजाविहीन छ।

नेपालले पछिल्लो समय आईसीसी विश्वकप लिग–२ मा ३६ ओडीआई खेल खेलेको थियो। बाँकी १२ खेल सिरिजका रुपमा र एक खेल प्रतियोगितामा खेलेको थियो।

नेपालले सबैभन्दा धेरै यूएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग मात्र २ ओडीआई खेल खेलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .