ad ad

खेल


ए डिभिजन लिग : जावलाखेल शीर्ष स्थानमा, पुलिस र शेर्पा रेलिगेसन जोनमा

ए डिभिजन लिग : जावलाखेल शीर्ष स्थानमा, पुलिस र शेर्पा रेलिगेसन जोनमा

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८० बिहिबार ६:४५, काठमाडौँ

सहिद स्मारक ए डिभिजन लिगमा आज बिहीबार १३ औँ चरणका खेल सुरु हुँदै छन्। 

बुधबार सम्पन्न १२औँ चरणको अन्तिम खेलमा जावलाखेल र सातदोबाटो युथ क्लब विजयी भएका छन्।

बुधबारै भएको अर्को खेलमा थ्रीस्टार र मछिन्द्रले भने बराबरी गर्दै अंक बाँडेका छन्।  काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। खेलको ६८औँ मिनेटमा थ्रीस्टारले गोल गरे पनि रेफ्रिले त्यसलाई मान्यता दिएनन्। 

सोही समयमा च्यासल मैदानमा भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले संकटा क्लबलाई ४–० को फराकिलो अन्तरले हरायो। 

सातदोबाटोको जितमा विलियम ओकोपु र दीपकसिंह ठकुरीले समान दुई गोल गरे। खेलको पहिलो हाफमा २ गोल गरेको सातदोबाटोले दोस्रो हाफमा २ गोल थप्यो। 

१२औँ चरणको अन्तिम खेलमा भने रेलिगेसन क्षेत्रमा रहेको हिमालयन शेर्पाले शीर्ष स्थानको जावालखेल युथ क्लबलाई स्तब्ध पारेको छ। 

दशरथ रंगशालामा भएको खेलमा शेर्पाले जावलाखेललाई २–१ ले हराएको हो। जावलाखेलको जितमा दुवै गोल विदेशी खेलाडी पिस्तोने मुताम्बाले गरे। जावालखेलका लागि एन्कोटो मासोअबीले सान्त्वना गोल फर्काए। 

लिगको १२औँ चरण सकिँदा जावालखेल युथ क्लब २३ अंकका साथ शीर्ष स्थानमा यथावत् छ। जावालाखेलले सात खेलमा जित र ३ खेलमा हार भोग्दा दुई खेलमा बराबरीको नतिजा निकालेको छ। 

थ्रीस्टार क्लब भने ६ खेलमा जित, ४ मा बराबरी र २ खेलमा हार भोग्दै २२ अंकमा दोस्रो स्थानमा छ। ६ खेलमा जित, समान ३ खेलमा हार र बराबरीको नतिजा निकालेको सातदोबाटो युथ क्लब २१ अंकका साथ तेस्रो स्थानमा छ। 

१२औँ चरणमा चर्च ब्वाइजलाई १–० ले हराएको त्रिभुवन आर्मी क्लब १९ अंकका साथ चौथो स्थानमा छ। आर्मीले ५ खेलमा जित, चार खेलमा बराबरी र ३ खेलमा हार भोगेको छ।

यो सिजन ए डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाइज युनाइटेड क्लबले ४ खेलमा जित, ६ खेलमा बराबरी र २ खेलमा हार भोग्दै १८ अंकका साथ पाँचौँ स्थानमा छ। ५ खेलमा जित, २ मा बराबरी र ५ खेलमा नै हार भोगेको एपीएफ फुटबल क्लब भने १७ अंकका साथ छैटौँ स्थानमा छ। 

साविक विजेता मछिन्द्र फुटबल क्लबले १२औँ चरणसम्मका खेल सकिँदा चार खेलमा मात्र जित हात पारेको छ। ५ खेलमा बराबरी र ३ खेलमा हार भोगेको मछिन्द्र १७ अंकमा सातौँ स्थानमा छ। 

४ खेलमा जित, ३ मा बराबरी र ५ खेलमा हार भोगेको मनाङ मर्स्याङ्दी क्लब भने १५ अंकमा आठौँ स्थानमा रहँदा संकटा क्लब भने नवौँ स्थानमा छ। संकटाले ४ खेलमा जित, ३ खेलमा बराबरी र ५ खेलमा हार भोगेको छ। 

चार खेलमा जित, २ मा बराबरी र ६ खेलमा हार भोगेको फ्रेन्ड्स १४ अंकका साथ दसाैँ स्थानमा छ। ३ खेलमा जित चार खेलमा बराबरी र ५ खेलमा हार भोगेको न्युरोड टिम एनआरटी १३ अंकका साथ ११औँ स्थानमा रहँदा  नवप्रवेशी एफसी खुमलटार ४ खेलमा जित, १ खेलमा बराबरी र सात खेलमा हार भोग्दै १२औँ स्थानमा छ। 

लिगको १२औँ चरण सकिँदा हिमालयन शेर्पा क्लब र विभागीय नेपाल पुलिस क्लब भने रेलिगेसन क्षेत्र छाड्न संर्घषरत छन्। 

तीन खेलमा जित, चार खेलमा बराबरी र पाँच खेलमा हार भोगेको शेर्पा १३ अंकका साथ १३ र २ खेलमा जित, ३ खेलमा बराबरी र सात खेलमा हार भोगेको पुलिस क्लब ९ अंकका साथ तालिकाको पुछारमा छ। 

पुलिसले यो सिजन चार विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ। रेलिगेसन जोन छाड्न संर्घष गरिरहेको पुलिस क्लबले विदेशी खेलाडी समावेश गरेपछि जितको स्वाद लिन पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .