ad ad

खेल


सय रन जोड्दै संकटमा यूएई, नेपाललाई नवौँ सफलता

सय रन जोड्दै संकटमा यूएई, नेपाललाई नवौँ सफलता

नेपाली क्रिकेट टोलीका सदस्य खुसी साट्दै। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख १८, २०८० सोमबार ११:५१, काठमाडौँ

एसीसी प्रिमियर कपको फाइनलमा नेपालविरुद्ध लगातार विकेटसँगै युएई संकटमा परेको छ। 

यूएईका ब्याटरलाई कम स्कोरमा रोक्न करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए। 

सोमपाल कामी र गुलसन झाले एक एक विकेट लिएका छन्। 

पछिल्लो पटक ललित राजवंशीले जोहर खानलाई आउट गराएपछि सय रन जोड्दै यूएईको सबै विकेट पतन हुने अवस्थामा पुगेको छ।

२७.३ ओभरमा ललितले जोहरलाई आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पबेलियन फर्काए। 

त्यसअघि ललित राजवंशीले लामो समय क्रिजमा टिकिरहेका आशिफ खानलाई पबेलियन फर्काएका छन्। 

४६ रन बनाउँदै नेपालमाथि दबाब बढाइरहेका आशिफलाई ललितले २७.२ ओभरमा आशिफ शेखको हातबाट क्याच आउट गराए। 

५४ बल खेलेका आशिफले १ छक्का र ७ चौका हान्दै ४६ रनको अवस्थामा आउट भए। उनी अर्धशतक बनाउन चुक्दा नेपालले आठौं सफलता पाएको छ। 

यसअघि सन्दीप लामिछानेले आयान अफ्जल खानलाई ५ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराउँदै नेपाललाई सातौँ सफलता दिलाएका थिए। 

त्यसअघि गुलसन झाले बसिर अहमदलाई बोल्ड आउट गर्दै नेपाललाइ छैटौँ सफलता दिलाएका थिए।  गुलसनले २२.५ ओभरमा बसिरलाई १० रन रनमा बोल्ड गरेका हुन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले २८ ओभरको समाप्तिमा ८ विकेट गुमाएर १०६ रन बनाएर खेलिरहेको छ। 

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

पाचौं ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए। 

८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।

रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलशन झाबाट क्याच आउट भए। सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .