एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुर मैदानमा भइरहेको फाइनल भिडन्तका क्रममा पानी पटक पटक बाधक बनिरहेको छ।
फाइनल भिडन्त टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएई लगातार विकेट पतनसँगै संकटमा परेका बेला फेरि कीर्तिपुर मैदानमा पानी परेको हो।
पछिल्लो पटक ललित राजवंशीले जोहर खानलाई आउट गराएलगत्तै कीर्तिपुर मैदानमा पानी परेर खेल रोकिएको हो। यसअघि पनि पानीले खेल रोकिएको थियो।
२७.३ ओभरमा ललितले जोहरलाई खाता नै खोल्न नदिई आरिफ शेखको हातबाट क्याच आउट गराएर पबेलियन फर्काएसँगै पानी परेको हो।
पानी परेसँगै दर्शकहरुले छाताको सहारा लिएर नेपाली क्रिकेटरहरुको हौसला बढाइरहेका छन्।
69
Shares
प्रतिक्रिया