एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल वर्षाका कारण फेरि रोकिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको छ।
त्यसअघि नेपालमा ललित राजवंशीले २८ औं ओभरमा लगातार दुई विकेट लिँदै ओडीआइको पहिलो ह्याट्रिक नजिक पुगेका थिए।
ललितले २७.२ ओभरमा युएईका आशिफ खानलाई ४६ रनमा क्याच आउट गराए। आशिफले युएईका लागि सर्वाधिक ४६ रन बनाएका थिए।
५४ बलको सामना गरेका आशिफ खानले ७ चौका र १ छक्का हाने। २८ औं ओभरको तेस्रो बलमा ललितले जहुर खानलाई क्याच आउट गराए।
त्यसअघि १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। आज वर्षाका कारण खेल हुन हुन नसके बाँकी खेल भोलि खेलाइनेछ।
बाँकी खेल भोलि पनि हुन नसके सुपर ओभरमा पुग्नेछ। सुपर ओभर पनि हुन नसके नेपाल ओडीआई वरीयताको आधारमा एसिया कप पुग्नेछ।
Shares
प्रतिक्रिया