ad ad

खेल


मैत्रीपूर्ण फुटबलमा संचारकर्मीविरुद्ध सशस्त्र प्रहरी विजयी

मैत्रीपूर्ण फुटबलमा संचारकर्मीविरुद्ध सशस्त्र प्रहरी विजयी

नेपालखबर
बैशाख १८, २०८० सोमबार १७:१०, काठमाडौँ

मैत्रीपूर्ण फुटबलमा संचारकर्मीविरुद्ध सशस्त्र प्रहरी बल विजयी भएको छ। सोमबार बिहान सशस्त्र प्रहरी प्रधान कार्यालय हालचोक मैदानमा भएको खेलमा सशस्त्रले २–१ को जित हात पारेको हो। 

सुरुवाती अग्रता सञ्चारकर्मीको टिमले लिए पनि त्यसलाई जोगाउन सकेन।

पहिलो हाफमा उजिर कार्कीको गोलमा सञ्चारकर्मीको टिमले सुरुवाती अग्रता लिएको थियो। 

तर दोस्रो हाफमा सशस्त्रका लागि गणेश लावतीले गोल गर्दै खेल १–१ को बराबरी गरे। खेलको अन्तिम समयमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोल गर्दै २–१ को जित दिलाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .