यूएईविरुद्धको फाइनल भिडन्तको म्यान अफ द म्याच गुलशन झा घोषित भएका छन्।
नेपालले सुरुवाती विकेट गुमाएर दबाबमा परेका बेला नटआउट रहेका गुलशनले ८४ बलमा ६७ रन बनाए।
गुलशनकै प्रभावशाली प्रदर्शनका कारण यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
चौथो विकेटका लागि गुलशनम झा र भिम सार्कीले रनको ९६ रनको अविजित साझेदारी गरेका थिए।
गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहे। ८४ बलको सामना गरेका गुलशनले ३ चौका र ६ छक्का प्रहार गरे। भीमले ७२ बलमा ४ चौका हाने।
उता सन्दीपले ओमानविरुद्धको खेलसँगै ४२ म्याचबाट १०० रनसहित विश्वकीर्तिमान बनाएका थिए।
उनले यो प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेपछि म्यान अफ द टुर्नामेन्ट घोषित भए।
उनले यो प्रतियोगितामा जम्मा १३ विकेट लिन सफल भएका थिए।
म्यान अफ द टुर्नामेन्टको ट्रफी लिने क्रममा उनले घामपानी नभनी हौसला बढाउन आएका समर्थकलाई धन्यवाद दिए।
Shares
प्रतिक्रिया