१९ औँ एसियन गेम्सका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४६ खेलाडीलाई राष्ट्रिय महिला फुटबल टोलीको क्याम्पमा बोलाएको छ।
शुक्रबार सार्वजनिक सूचीअनुसार प्रारम्भिक टोलीमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता विके, अमृता जैशी, पूजा राना, सावित्रा भण्डारी, अनिता बस्नेतसहितका खेलाडी छन्।
यसअघि चीनमा आयोजना हुने भनिएको १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) कोरोनाका कारण रोकिएको थियो।
चीनको ह्वान्झाओमा हुने १९औँ एसियन गेम्स कोरोना महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको थियो। अब उक्त प्रतियोगिता हुने तय भएको छ।
21
Shares
प्रतिक्रिया