खेल


एम्बाप्पेको उत्कृष्ट प्रर्दशनमा पीएसजी कीर्तिमानी उपाधिनजिक

एम्बाप्पेको उत्कृष्ट प्रर्दशनमा पीएसजी कीर्तिमानी उपाधिनजिक

नेपालखबर
जेठ ८, २०८० सोमबार ७:१२, काठमाडौँ

फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पेको उत्कृष्ट प्रर्दशनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) कीर्तिमानी ११औं फ्रेन्च लिग १ उपाधिनजिक पुगेको छ।

आइतबार राति भएको खेलमा अक्सेरेविरुद्ध २–१ को संर्घषपूर्ण जित हासिल गर्दै पीएसजी उपाधिनजिक पुगेको हो। पीएसजीको जितमा दुवै गोल एमबाप्पेले गरे। 

साविक विजेता पीएसजीले दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अग्रता बनाएको छ। पीएसजीलाई अब उपाधिका लागि दुई खेलमा एक जित भए पुग्नेछ। 

पीएसजीका लागि एमबाप्पेले सुरुवाती ८ मिनेटमा नै दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको ५१औं मिनेटमा सियायोकोले गोल फर्काउँदै अक्सेरेलाई २–१ को अवस्थामा ल्याए। 

रेलिगेसनको खतरासँग जुधिरहेको अक्सरेले खेलमा थप गोल गर्न नसक्दा हार भोग्यो। 

एमबाप्पलेले खेलको छैटौं र आठौं मिनेटमा गोल गरेका थिए। २४ वर्षीय एमबाप्पेले यो सिजन ४१ खेलमा ४० गोल र ९ असिस्ट दिएका छन्। जसमा लिग १ का ३२ खेलमा ३३ गोल गरे। 

गएराति नै भएको खेलमा दोस्रो स्थानमा रहेको लेन्सले लोरियन्टलाई ३–१ ले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .