खेल


एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग हार्‍यो नेपाल

एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग हार्‍यो नेपाल

नेपालखबर
जेठ ३०, २०८० मंगलबार ११:२३, काठमाडौँ

एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ९ रनले हारेको छ। 

८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो।  ओपनर कविता कुँवरले २० रनको योगदान दिइन्। अन्य ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। 

ओपनर सीता रानामगर ६ रनमा आउट भइन्। बिन्दु रावल ३ रनमा एलबीडब्ल्यू धरापमा परिन्। 

कविता जोशी १५ र ज्योति पाण्डे ९ रनमा नटआउट भए। 

हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको  पाकिस्तान १९.२ ओभरमा ८७ रनमा अल आउट भयो। 

नेपालका लागि सीता रानामगर, कविता जोशी र कविता कुँवरले समान २ विकेट लिए। 

नेपालले बिहीबार समूहको दोस्रो खेलमा भारत एसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक हङकङसँग खेल्ने तालिका छ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्न पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .