अलराउन्डर सीता राना मगरले चार देश सम्मिलित महिला टि–२० आई सिरिजमा हङकङविरुद्ध पाँच विकेट लिएकी छिन्।
सीता नेपाली महिला टि–२० आई क्रिकेटमा पाँच विकेट लिने चौथो बलर हुन्।
मलेसियाको बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १९.१ ओभरमा ८४ रन बनाउँदा अलआउट भयो।
हङकङलाई कम स्कोरमा रोक्न सीता राना मगर एक्लैले पाँच विकेट झारिन्। सीताको टि–२० आई करियरको उत्कृष्ट प्रर्दशन हो।
सीताले ४ ओभरमा १६ रन खर्चिइन्।
यसअघि अन्जली चन्दले मालदिभ्सविरुद्ध र नेरी थापाले हङकङविरुद्ध समान ६ विकेट लिएका थिए।
गतवर्ष अस्मिना कर्माचार्यले पाँच विकेट लिएकी थिइन्।
12
Shares
प्रतिक्रिया