क्रिकेट एसिया कप आज (बुधबार) पाकिस्तानमा सुरु हुँदै छ।
त्यहाँको मुल्तान रंगशालामा हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै छन्।
यसैबीच बुधबार बिहान बंगलादेशका विकेटकिपर ब्याट्सम्यान लिट्टन दास एसिया कप खेल्न नसक्ने खबर सार्वजनिक भएको छ।
लिटनलाई ज्वरो आइरहेकाले नखेल्ने भएका हुन्। स्वास्थ्य खराब भएकै कारण उनी पहिलो खेल खेल्न श्रीलंका पनि जान पाएनन्।
लिटनको स्थानमा अनामुल हक विजयलाई टोलीमा समावेश गरिने भएको छ।
विजयले ४४ एकदिवसीय खेलमा १२५४ रन बनाएका छन्। यसमा तीन सय पनि पर्छन्।
एसिया कपमा बंगलादेश अगस्ट ३१ मा श्रीलंकासँग खेल्दै छ।
138
Shares
प्रतिक्रिया