एसिया कपमा पाकिस्तानसँग खेल्नुअघि नेपाली राष्ट्रिय टोलीका अलराउन्डर करण केसीले चलचित्र पत्रकार वर्षा बस्नेतलाई जन्मदिनको शुभकामना दिएका छन्।
हाल पाकिस्तानको मुलतानमा रहेका करणले फेसबुक स्टोरीमा वर्षाकै छोटो भिडिओ राख्दै नेपालमा रहेकी उनलाई जन्मदिनको शुभकामना दिएका हुन्।
भिडिओका साथमा उनले लेखेका छन्, ‘ह्याप्पी बर्थडे डियर (जन्मदिनको शुभकामना प्यारी)!’
करण र वर्षाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको चर्चा चलिरहेको भए पनि उनीहरुले भने यसबारे अहिलेसम्म केही बोलेका छैनन्।
तर करणले वर्षालाई दिएको जन्मदिनको शुभकामनाले उक्त चर्चामा थप बल पुगेको छ।
करण नेपालमा रहँदा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीको क्रिकेट खेल हुँदा वर्षा खेल हेर्न मैदानसम्म पुग्ने गरेकी थिइन्।
2.2k
Shares
प्रतिक्रिया