एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत मुलतानमा जारीखेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।
छैटौं ओभरको तेस्रो बलमा करण केसीले नेपाललाई सफलता दिलाएका हुन्।
करणले पाकिस्तानी ओपनर फाखर जमानलाई २० बलमा १४ रन बनाएको अवस्थामा आशिफ शेखको हातबाट क्याच आउट गराएका हुन्।
फाखर आउट भएपछि अहिले क्रिजमा कप्तान बाबर आजम आएका छन्। ताजा अवस्थामा पाकिस्तानले २५ रन बनाएको छ।
60
Shares
प्रतिक्रिया