ad ad

खेल


नेपालविरुद्ध पाकिस्तानी कप्तान बाबर आजमको शतक

नेपालविरुद्ध पाकिस्तानी कप्तान बाबर आजमको शतक

नेपालविरुद्ध ब्याटिङका क्रममा बाबर आजम। तस्बिर : पाकिस्तान क्रिकेट बोर्ड


नेपालखबर
भदौ १३, २०८० बुधबार १८:२२, काठमाडौँ

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्धको उद्घाटन खेलमा पाकिस्तानी कप्तान बाबर आजमले शतक बनाएका छन्।

बाबरले १०९ बलमा १० चौका मद्दतमा शतक पूरा गरेका हुन्। ओडीआईमा बाबरको यो १९ औं शतक हो। बाबरले ४२ औँ ओभरको दोस्रो बलमा शतक पूरा गरे। 

पाकिस्तानका अन्य ब्याटरलाई नेपाली बलरले सस्तैमा पवेलियन फर्काउँदा आजमले टिकेर स्कोर उकासेका हुन्।

मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको पाकिस्तानले ४२ औं ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा २ सय २७ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा बाबर १०१ र इफ्तिखार अहमत ५१ रनमा नटआउट छन्। 

पाँचौँ विकेटका लागि बाबर र अहमदले शतकीय साझेदारी गरेका हुन्।

तेस्रो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासेका थिए। 

ओपनर फखर जमान १४ र इमाम–उल–हक ५ रनमा आउट भए। मोहम्मद रिजवान ४४ रनमा रन आउट भए। अघा सलमान ५ रनमा क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .