ad ad

खेल


न्यु क्यासल समूह चरणमै पीएसजी, बोरुसिया डर्टमुन्ड र एसी मिलानसँग भिड्ने

न्यु क्यासल समूह चरणमै पीएसजी, बोरुसिया डर्टमुन्ड र एसी मिलानसँग भिड्ने

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०८० शुक्रबार ९:४२, काठमाडौँ

न्यु क्यासल युनाइटेडले यूएईएफ च्याम्पियन्स लिगको समूह चरणमै युरोपेली दिग्गज पेरिस सेन्ट जर्मेन (पीएसजी), बोरुसिया डर्टमुन्ड र एसी मिलानसँग खेल्ने भएको छ। 

समूह एफमा रहेको न्यु क्यासलले सन् २००२–०३ यता समूह चरणमै तीन पक्षको सामना गर्न लागेको हो। पछिल्लो १६ वर्षमा कम्तीमा फाइनलमा पुगेका बलिया टोलीसँगको भेट समूह चरणमै हुन लागेको हो। 

यता म्यानचेस्टर युनाइटेडले भने बायर्न म्युनिखसँग भिड्दा सिटी भने आरबी लाइपजिग रहेको समूहमा छ। 

बिहीबार राति भएको समूह विभाजनमा बायर्न, म्यानचेस्टर युनाइटेड, कोपनहेगन र गालातासाराय समूह एमा परेका हुन्।

समूह बीमा सेभिल्ला, आर्सनल, पीएसभी र लेन्स छन्। समूह सीमा नापोली, रियल मड्रिड, एससी ब्राग र लेन्स छन्।

समूह डीमा बेन्फिका, इन्टर मिलान, रेडबुल साल्जबर्ग र रियल सोसिडाड छन्। समूह ईमा फायननोर्ड, एथलेटिको मड्रिड लाजियो र सेल्टिगो छन्।

समूह जीमा गत सिजनको विजेता म्यानचेस्टर सिटी, आरबी लाइपजिग, योङ ब्वाइज र रेड स्टार छन्। समूह एचमा बार्सिलोना, पोर्तो, शख्तर डोनेट्स्क र एन्टओर्प छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .