इर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीले फुलहाममाथि सानदार जित दर्ता गरेको छ।
शनिबार राति भएको खेलमा सिटीले फुलहामलाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगाएको हो।
सिटीको जितमा हालान्डले ह्याट्रिक गर्दा नाथन आके र जुलियन अल्भारेजले समान एक गोल गरे। फुलहामका टिम रिमको गोल शान्त्वना बन्यो।
खेलको ३१ औं मिनेटमा जुलियन अल्भारेजको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। तर त्यसको दुइ मिनेटमा नै टिम रिमले फुलहामलाई बराबरीमा ल्याएका थिए।
तर पहिलो हाफको इन्ज्युरी समयमा नाथनको गोलमा सिटीले २–१ ले अग्रता बनायो।
दोस्रो हाफमा सानदार प्रर्दशन गरेको सिटीका लागि हालान्डले ह्याट्रिक गरे। खेलको ५८ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई ३–१ को अग्रत दिलाए।
खेलको ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता फराकिलो पार्दा हालान्डले व्यक्तीगत दोस्रो गोल गरे। इन्ज्युरी समयको पाँचौ मिनेटमा गोल गर्दै हालान्डले ह्याट्रिक पूरा गर्दा सिटीले ५–१ को फराकिलो जित दर्ता गर्यो।
लिगमा अपराजित रहेको जित अंक तालिकाको शीर्ष स्थानमा छ। सिटीले ४ खेलबाट १२ अंक बनाएको छ।
गएराति नै दक्षिण कोरियाली कप्तान ह्युङ मिनको सनको ह्याट्रिकमा टोटनहमले बर्नलीलाई ५–२ को अन्तरले हरायो।
अर्को खेलमा नटिङ्घम फरेस्टले चेल्सीलाई १–० ले हरायो। यस्तै ब्राइटनले न्यु क्यासललाई ३–१ ले हरायो।
गएराति नै ब्रेन्टफोर्ड र बर्नमाउथले तथा शेफिल्ड युनाइटेड र एभर्टनले २–२ गोलको बराबरी खेले।
Shares
प्रतिक्रिया