म्यानमारसँगको दुई मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले आइतबार म्यानमारसँगको खेलका लागि अन्तिम टोलीको घोषणा गरेका हुन्।
फिफा विन्डो अन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल म्यानमारमा हुनेछ। खेल भदौ २२ र २५ गते हुनेछ।
यी हुन् नेपाली टोलीका खेलाडी
गोलरक्षकः किरण कुमार लिम्बु, दिप कार्की, अविशेक बराल
मिडफिल्डरः एरिक विष्ट, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुन्जु
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया।
51
Shares
प्रतिक्रिया