ad ad

खेल


एसिया कप : भारतका फास्ट बलर बुमराह नेपालविरुद्धको खेल नखेल्ने, गए मुम्बई

एसिया कप : भारतका फास्ट बलर बुमराह नेपालविरुद्धको खेल नखेल्ने, गए मुम्बई

विमानमा सवार जसप्रित बुमराहको यो तस्बिर क्यान्डीबाट मुम्बई जाँदै गरेको हो। तस्बिर : दैनिक भास्करबाट


नेपालखबर
भदौ १७, २०८० आइतबार २१:५९, काठमाडौँ

भारतका फास्ट बलर जसप्रित बुमराहले जारी एसिया कपमा नेपालविरुद्ध समूह ‘ए’ को अन्तिम खेल नखेल्ने भएका छन्।

भारतीय अनलाइन पत्रिका दैनिक भास्करका अनुसार बुमराह पारिवारिक कारण श्रीलंकाबाट मुम्बई गएका छन्।

तर उनी पूर्ण रूपमा फिट छन् र सुपर–४ चरणका खेलका लागि श्रीलंका फर्किनेछन्।

समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतिस्पर्धा हुँदै छ। जित्ने टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोली बन्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .