नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आशिफ शेखले भारतविरुद्ध ऐतिहासिक अर्धशतक पूरा गरेका छन्।
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतविरुद्ध आशिफले २७.२ ओभरमा अर्धशतक पूरा गरेका हुन्। आशिफले ८८ बलमा ७ चौका हाने।
वान डे क्रिकेटमा आशिफको यो दशौं अर्धशतक हो, आशिफले ओडीआईमा सर्वाधिक १ सय १० रन हानेका छन्।
भारतविरुद्ध अर्धशतक हान्ने आशिफ पहिलो खेलाडी हुन्। सिनियर क्रिकेटमा नेपाल र भारत पहिलो पटक आमनेसामने भएका हुन्।
पहिलो विकेटका लागि आशिफ शेख र कुशल मल्लले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
नेपालले २८ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै अहिले ११९ रन बनाएर खेलिरहेको छ। क्रिजमा आशिफ ५० र गुलसन झा ८ रनमा नटआउट छन्।
192
Shares
प्रतिक्रिया